Annual General Meeting 2081 Office Closure — Dashain Holiday Office Closed – Democracy Day Annual General Meeting 2081 Office Closure — Dashain Holiday Office Closed – Democracy Day Annual General Meeting 2081 Office Closure — Dashain Holiday Office Closed – Democracy Day Annual General Meeting 2081 Office Closure — Dashain Holiday Office Closed – Democracy Day
Committee

परिचय

संस्थाको संक्षिप्त परिचय

आदरणीय शेयर सदस्यज्यूहरु यस क्षेत्र गौतम बुद्धको जन्मभूमि लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वोडा नं - ४ मुर्गियामा आफ्नो मुख्य कार्यालय स्थापना गरी सैनामैना नगरपालिका, गैडहवा गाउँपालिका, मायादेवी गाउँपालिका, शुद्धोधन गाउँपालिकामा आफ्नो कार्यक्रम विस्तार गरी आ.ब २०८१/८२ सम्म ४१८२ जना सदस्यलाई सेवा पुर्याई रहेको छ |

यस क्षेत्रमा बसोबास गर्ने अति बिपन्न वर्गका साना कृषक तथा व्यवसायीहरुको हितमा कृषि विकास बैंकले २०४२ सालमा यस क्षेत्रमा शुरु गरेको साना किसान विकास कार्यक्रम पर्रोहामा लागु गरी साना किसान विकास आयोजना पर्रोहा नामाकरण गराई स-सानो कर्जा प्रदान गर्ने कार्यक्रम अन्तर्गत समुहको माध्यमबाट ऋण लगानी, बचत संकलन तथा सामाजिक सामुदायिक कार्यक्रम, तालिम संचालन गर्दै आएकोमा उक्त बैंकको नीति तथा कार्यक्रम अनुसार स्थानीय स्तरका जनतालाई नै सक्रिय गराई कारोबार हस्तान्तरण गर्ने नीति अनुरुप संस्थागत विकासको अवधारणा अनुसार विभिन्न चरणहरु पार गर्दै बि.सं. २०६० साल माघ १५ गतेका दिन डिभिजन सहकारी कार्यालय नवलपरासीमा दर्ता भई साना किसान कृषि सहकारी संस्था लिमिटेड पर्रोहाको नाममा दर्ता गरियो | जसको दर्ता नं. २०८/६०/६१ रहेको छ | तत्कालिन साना किसान विकास आयोजनालाई बि.सं. २०६० चैत्र ११ गते यसको स्वमित्वो हस्तान्तरण गरी साना किसान कृषि सहकारी संस्था लि. पर्रोहा, रुपन्देहीको नामबाट कार्यक्रमहरु संचालन गर्दै आइरहेको व्यहोरा अवगत गराउन चाहान्छौ |

हाल नेपालमा साना किसान कृषि सहकारी संस्थाहरु ७७ जिल्लामा १२०० को संख्यामा रहेका छन् भने अभियानको क्रममा आझैपनि साना किसान कृषि सहकारी संस्थाहरु खुल्ने क्रममा रहेको छ | यस संस्थाले साना किसान विकास लघुवित्त वित्तिय संस्था मार्फत थोक कर्जा लिएर सदस्यहरुलाई ऋण प्रवाह गरिरहेको छ |